पोखरा महोत्सवमा दर्शकको भीड, ७ करोडको कारोबार
पाेखरा | माघ ६, २०७९
पोखरा: पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा १ लाख ७० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ७ करोड बरावरको कारोवार भएको छ ।
महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामाग्री किनमेल गर्नेको समेत घुइचो बढेको हो । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामाग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र दोहोरी मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने खान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, चिना थापा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।
त्यसैगरी महोत्सवमा हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके र मुना गिरीको प्रहसन र २३ इन्चका मनोज गोर्खालीको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियोभने सांझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शनिवार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङको प्रस्तुती रहनेछभने कार्यक्रमको सञ्चालन नेत्रपाणी बास्तोलाले गर्नेछन । त्यसैगरी महोत्सवमा शनिवार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्य ब्यंग्य प्रहसन र सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुती रहने छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

